हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

भूमि समस्या समाधान आयोग तनहुँद्वारा  शुक्लागण्डकीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ, २६ फागुन २०८१ सोमवार । तनहुँको शुक्लागण्डकी नगरपालिकामा भूमि समस्या समाधान आयोग तनहुँको आयोजना तथा शुक्लागण्डकी नगरपालिकाको समन्वयमा  एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा भूमि आयोग तनहुँका अध्यक्ष गोबिन्द सिलवाल,  आयोगका बिज्ञ सदस्य श्रीराम कार्की, महिला सदस्य आसा थापा, सदस्य रामचन्द्र उपाध्य्या लगायतले आयोगका बारेमा जानकारी दिंदै जति सक्दी छिटो समस्या समाधान हुने बताए ।

आयोगका सदस्य सचिब नापी कार्यालय तनहुँका प्रमुख बिजय कुमार सिंहले पालिका वडा र आयोगले गर्नुपर्ने काम कर्तव्य र अधिकार कार्ययोजना बारे प्रस्तुतीकरण गरेका थिए ।  कार्यक्रममा वडाध्यक्ष र राजनीतिक दलका प्रतिनिधीहरुले राखेका जिज्ञासा माथि आयोगका सदस्य एवं मालपोत कार्यालय तनहुँका प्रमुख केश सुवेदीले स्पष्ट पारेका थिए ।


आयोगले भुमिहिन दलित र भुमिहिन   सुकुम्बासीको कामलाई प्राथमिकतामा राखी रोकिएको ठाउबाट नै तुरुन्तै काम अगाडि बढाईने भूमि समस्या समाधान आयोग तनहुँका बिज्ञ सदस्य श्रीराम कार्कीले जानकारी दिए । कार्यक्रम  नगरपालिका प्रमुख कृष्ण राज पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button