हेडलाईनसमाचारगण्डकीसाहित्यनगरपालिका /गाउँपालिका

सन्दर्भ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : कविता प्रतियोगितामा  विश्वकर्मा प्रथम

प्रहार समाचार । तनहुँ,२४ फागुन २०८१ शनिवार । आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस देश भर विभिन्न कार्यक्रमकाबीच  मनाइएको छ। यसै सन्दर्भमा दमाैलीमा आयोजित खुल्ला कविता प्रतियोगितामा ममता बि क प्रथम भएकी छन् ।

व्यास नगरपालिका, सामाजिक बिकास कार्यालय र महिला सशक्तिकरण सञ्चार समाज तनहुँको आयोजनामा भएको खुल्ला  कविता प्रतियोगितामा सत्यवति माध्यमिक विद्यालयकी छात्रा विश्वकर्मा प्रथम भएकी हुन् ।

“महिला र श्रम’ विषयमा आयोजित कविता प्रतियोगितामा व्यास-१० निवासी लक्ष्मी तिमल्सिना पौडेल द्वितीय र शुक्लागण्डकी-३ निवासी आशा पौडेल तृतीय स्थान हासिल गर्न सफल भए भने  व्यास-२ की राममाया श्रेष्ठ र शुक्लागण्डकी-५ खैरेनीटारकी लक्ष्मी भण्डारी कार्कीले सान्त्वना भएका थिए ।

महिला श्रमिकका हक, अधिकार तथा चुनौतीबारे जनचेतना अभिवृद्धि गर्न तथा साहित्यिक सिर्जनाका माध्यमबाट महिला सशक्तिकरण र श्रम अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले कविता प्रतियोगिता  आयोजना  गरिएको महिला सशक्तिकरण सञ्चार समाज तनहुँकी अध्यक्ष अञ्जु दाहालले जानकारी दिइन्।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार र २/२ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुनेलाई  व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपाने, सामाजिक बिकास कार्यालय प्रमुख बिदुरहरि आचार्य तथा उपप्रमुख इन्दिरा दरै लगायतले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button