हेडलाईनसमाचारगण्डकी

वीपी विचार राष्ट्रिय समाज गण्डकी प्रदेशको सभापतिमा पण्डित

प्रहार समाचार । तनहुँ, २५ फागुन २०८१ आइवार । वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य हरिशरण पण्डितलाई गण्डकी प्रदेशको सभापतिमा समेत जिम्मेवारी तोकिएको छ । समाजका केन्द्रीय सभापति विनयध्यज चन्दले पण्डितलाई गण्डकी प्रदेशको सभापतिमा मनोनित गरेपछि पण्डितको जिम्मेवारी थप भएको हो ।

पण्डितलाई समाजको विधान २०७१ र संशोधित २०७६  अनुसार  विद्यानको धारा १४ को शंसोधित उपधारा ४ अनुसार केन्द्रीय सदस्य सस्दय मध्यबाट गण्डकी प्रदेशको सभापतिमा  मनोनित गरिएको मनोनयन पत्रमा उल्लेख गरिएको छ ।
तनहुँको व्यास नगरपालिका–४ शितलचोक, दमौली निवासी पण्डित २०३६ सालको विद्यार्थी आन्दोलनदेखि नै नेपाल विद्यार्थी संघमा आबद्ध भई राजनीतिक जीवनमा प्रवेश गरेका थिए ।

२०३७ को जनमत संग्रह र २०४२ को सत्याग्रहमा निर्णायक भूमिका निर्वाह गरेका   पण्डित २०४७ मा नेविसंघ तनहुँको उपसभापति, बिस. २०५० सालमा नेपाल ट्रेड युनियन काँग्रेस तनहुँको सचिव एवम् दुई कार्यकाल महाधिवेशन प्रतिनिधी भएका थिए ।

तीन दशक बढी शिक्षण पेशामा आबद्ध भई सेवा निवृत्त पण्डित नेपाल शिक्षक संघको संगठन  विभागको केन्द्रीय सदस्य, विपीको राष्ट्रिय मेलमिलापको नीतिबाट प्रभावित र  प्रजातान्त्रिक समाजवादमा प्रतिबद्ध व्यक्ति हुन्।  राष्ट्रिय शिक्षा पुरस्कार– २०५२ बाट विभूषित पण्डित शिक्षणको साथै  सामाजिक क्षेत्रमा आवद्ध भएर समाजसेवा तथा नेपाल रेडक्रस सोसाईटी तनहुँको पूर्व उपमन्त्री तथा निवर्तमान कोषाध्यक्ष रहेका छन्। तनहुँ सञ्चार सहकारी सस्था लिमिटेड (दमौली एफएम तथा दमौली खबर राष्ट्रिय दैनिक) का अध्यक्ष समेत रहेका उनि सामुदायिक रेडियो प्रसारक संघ तनहुँको अध्यक्ष पनि हुन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button