• सुशिल बि क (संवाददाता) । प्रहार समाचार । तनहुँ, २४ फागुन २०८१ शनिवार । तनहुँको सदरमुकाम दमौलीमा रहेको लर्ड बुद्ध एकेडेमीका विद्यार्थीहरुलाई बालबिबाह, बालश्रम र मानवबेचबिखन सम्बन्धि जनचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

कक्षा ७ र ८ मा अध्यनरत विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यलय तनहुँको सहआयोजना साथै सामुदायिक सेवा केन्द्र तनहुँको सहकार्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी साहेक निरिक्षक दिपा खत्रीले प्रशिक्षक प्रदान गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीर बहादुर मल्ल ठकुरीले बालबिबाह, बालश्रम र मानव बेचबिखन जस्ता कार्यहरु अझै पनि हाम्रो समाजबाट हट्न नसकेको चर्चा गर्दै सचेतना मूलक कार्यक्रम महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा ७० जना विधार्थीहरुको सहभागीता रहेको साथै बिद्यार्थीका अभिभावकहरुको समेतको सहभागिता रहेको उपस्थिति रहेको सामुदायिक सेवा केन्द्र तनहुँका प्रहरी हल्दार सुर्य बहादुर के.सि. ले प्रहार समाचारलाई बताए । कार्यक्रम बिद्यलयका प्रधानाध्यापक दिलु माया थापाको सभापतित्वमा सम्पन भएको थियो।

























