प्रहार समाचार । तनहुँ, २४ फागुन २०८१ शनिवार । आज बिहान म्याग्दी र बाग्लुङ केन्द्र बिन्दु भएर फरक पुरक समयमा दुई भूकम्प गएको छ। बिहान ४ बजेर १४ मिनेटमा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर पनि ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

त्यस्तै आज बिहान ६ बजेर २० मिनेटमा बाग्लुङमा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु स्थानीय खुखानी भन्ने स्थान रहेको केन्द्रको भनाइ छ। भूकम्पको क्षतिको बारेमा यो समाचार तयार पार्दासम्म कुनै जानकारी प्राप्त भएको छैन् ।




















