हेडलाईनसमाचारगण्डकी

नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेशको प्रतिनिधिसभा पोखरामा सम्पन्न

प्रहार समाचार । तनहुँ, २३ फागुन २०८१ शुक्रवार । नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेशको प्रतिनिधिसभा आज कास्कीको पोखरामा सम्पन्न भएको छ।

सभामा  बोल्दै गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर पौडेलले शिक्षक जस्तो सम्मानित पेशामा आफ्नो कर्तव्य निर्वाह गर्दागर्दै पनि आफ्नो लागि कानुन निर्माण गर्न आफैं आन्दोलन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुनु राम्रो नभएको बताए । मन्त्री पौडेलले संसदको यसै अधिवेशनबाट शिक्षा ऐन जारी गर्न सबै पक्ष सकारात्मक भई अगाडि बढ्नुपर्ने र  शिक्षकमैत्री ऐन जारी गर्न आफूले पूर्णरुपमा पहल गर्ने प्रतिबद्धता समेत गरे ।

गण्डकी प्रदेशका सांसद जीत शेरचनले पछिल्लो समय शैक्षिक क्षेत्रप्रति समाजको नकारात्मक भावना बढेकाले यस तर्फ सचेत हुनु पर्ने बताए ।

गण्डकी प्रदेशका ११ जिल्ला का ८५ पालिकाहरूका शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको सभामा गण्डकी प्रदेशका पालिका प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, शिक्षक महासङ्घ र नेपाल ट्रेड युनियन कांग्रेसका प्रतिनिधिहरू साथै प्रत्येक जिल्लाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिनिधिसभामा महासचिव शिवराज अधिकारीको सांगठनिक प्रतिवेदन र महासचिव अर्थ गायत्री आचार्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन उपर छलफल पछि पारित गरिएको थियो।  सभामा जिल्ला अध्यक्षहरूले आफ्नो जिल्लामा गरेका गतिविधिहरु प्रस्तुत गरेका थिए  भने उत्कृष्ट कार्यसम्पादन गर्ने नेपाल शिक्षक संघ म्याग्दी जिल्ला कार्यसमितिलाई र तमान खोला गाउँपालिका स्थानीय कार्यसमितिलाई नगद र प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

९ हजार बढ़ि शिक्षक आबद्ध शिक्षक सङ्घ गण्डकी प्रदेशले आफ्ना भावी कार्यक्रममा आगामी शैक्षिक सत्र भन्दा अगाडि नै ११ वटै जिल्लामा पुगेर विभिन्न तालिम सञ्चालन गर्ने योजना स्वीकृत गरेको शिक्षामा प्रविधिको प्रयोग गर्ने अभियानका अभियान्ता एवं प्रदेश प्रवक्ता श्रीकृष्ण आचार्यले प्रहार समाचारलाई बताए । कार्यक्रम नेपाल शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button