हेडलाईनव्याससमाचारगण्डकी

‘भ्रष्टाचार र अनियमितताको अन्त्यका लागि एकजुट बनौँ’- जोशी

प्रहार समाचार । तनहुँ, २१ फागुन २०८१ बुधवार । तनहुँका यूवा नेता एवं व्यास नगरपालिकाका मेयरका प्रतिद्धन्दि दिपक राज जोशीले भ्रष्टाचार र अनियमितताको अन्त्यका लागि एकजुट हुनु पर्ने बताएका छन्।

व्यास नगरपालिकामा फोहोर व्यवस्थापनसम्बन्धी जग्गा खरिद प्रकरणमा आएको कर्मचारीहरुको ‘व्यास नगर अडियो काण्ड’ सार्वजनिक भएपछि नेता जोथीले आज एक प्रेस विज्ञप्ति निकाल्दै उक्त कुरा बताएका हुन्।

उनले विज्ञतिमा भनेका छन्- ‘व्यास नगरपालिकामा पछिल्लो समय देखिएका भ्रष्टाचार, अनियमितता, स्रोतसाधनको दुरुपयोग, अपारदर्शी निर्णय प्रक्रिया र सार्वजनिक सम्पत्तिको अव्यवस्थित व्यवस्थापनप्रति गम्भीर ध्यानाकर्षण भएको छ। विशेष रूपमा फोहोर व्यवस्थापनसम्बन्धी जग्गा खरिद प्रकरणमा सार्वजनिक भएको अडियोले प्रशासनिक पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको छ।’

नेता जोशीले नगरका प्रतिनिधिहरू जनताको हितविपरीत स्वार्थसिद्धिमा लिप्त देखिन्छन् भन्दै यसका बिरुद्ध तीन बुँधे मागहरु राखेका छन् ।

मागहरु यस प्रकार रहेका छन् :

१, फोहोर व्यवस्थापन जग्गा खरिद प्रकरणको निष्पक्ष छानबिन सहित स्वतन्त्र समिति गठन गरी दोषीलाई कानुनी कारबाही गरियोस्।

२, विगतका घोटालाहरूको विस्तृत अनुसन्धान गर्दै जनप्रतिनिधि तथा कर्मचारीहरूको संलग्नता स्पष्ट पारियोस्।

३, भविष्यमा यस्ता अनियमितता रोक्न सुधार लागू गरि, सार्वजनिक सम्पत्तिसम्बन्धी निर्णयमा जनताको सहभागिता सुनिश्चित गरियोस्।

जोशीले नगरको सुशासन, पारदर्शिता र जनहित रक्षा गर्न सम्पूर्ण नगरबासी, राजनीतिक दल, नागरिक समाज, पत्रकार , बुद्धिजिवी तथा सरोकारवाला निकायलाई एकताबद्ध हुन समेत अपिल स गरेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button