हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यासनगर अडियो काण्ड : संङ्काको घेरामा (रास्वपा) तनहुँका सभापति  बास्तोला

प्रहार समाचार । तनहुँ, २१ फागुन २०८१ बुधवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका सभापति विश्व बास्तोला संङ्काको घेरामा परेका छन्।

व्यास नगरपालिकाले वडा नम्बर १३ मा सरसफाई केन्द्र स्थापना  गर्ने कार्यमा उनले एक जना जग्गा धनिलाई ‘मुद्दा हाले पछि सरकारले निर्णय नगर्ने’ रोकिने  भनेर दिएको बिवादस्पत अडियो सार्वनतिक भए संङ्गै उनि सङ्काको घेरामा परेका हुन्।

आफूलाई कानुका विज्ञ तथा ज्ञाता ठान्ने  बास्तोलाले एक व्यक्तिलाई ‘वडामा गएर मुद्धा हालेर  निवेदन दर्ता गराएर रोहवरमा सहिछाप गरेर पछि   मन्त्रालयमा पत्र दिए पछि रोकिने’ स्पष्ट सुझाब दिएका छन्।  उनको अडियो प्रहार अनलाईन मिडियाको आधिकारिक फेस बुक पेज prahaar samachar  मा हिंजो सार्वजनिक भएको थियो । जुन अडियो अहिले सामाजिक सञ्जालमा धेरैले हेरेका छन् भने सेयर समेत  भएको छ। 

आफू सोहि वडाको नजिकको व्यक्ति भएकाले जसरी हुन्छ त्यहाँ सरसफाई केन्द्र बन्न दिन नहुने यस्तो गर्नु पर्छ / उस्तो गर्नु पर्छ भनेर सुझाएका छन् । भ्रष्टाचार नगर्ने, पुराना दलले देशमा केहि नगर्ने आरोप लगाउने रास्वपाका जिल्लाका जिम्मेवार   नेताहरु नै यस्तो पर्दा पछाडी को खेलमा उद्घत्  रहेको देख्दा आफूलाई उदेक लागेर आएको नाम नबताउने सर्तमा  व्यास १३ का समाजसेवीले प्रहार समाचारलाई बताए ।  उनले भने ‘नयाँ जोगिले धेरै खरानी धस्छ भन्ने कुरा यो घटनाले प्रष्ट्याएको गरेको छ।’


तर, सभापति बास्तोलाले व्यास नगरपालिकाद्वारा फोहोर ब्यवस्थापनका लागि  जग्गा खरिद प्रक्रियामा भएका गतिविधिलाई लिएर  सामाजिक सन्जालमा  केही ब्यक्तिहरुले व्यक्त गरेका धारणा र प्रतिक्रियाहरुले आफ्नो   ध्यानाकर्षण भएको जनाउँदै सामाजिक सञ्जाल प्रेस बुक मार्फत सार्वजनिक गरेका छन्।

उनले लेखेका छन्- ‘मैले एउटा कानुन व्यावसायिको नाताले एक जना सेवाग्राहीलाई निजको  लेनदेन व्यबहारको बिषयमा फोन मार्फत कानुनी परामर्श दिएको प्रसङ्गलाई पुर्वाग्रह पूर्ण  तरिकाले  बिषयान्तर गरि प्रस्तुत  गरिएको अवस्था हो । जग्गा खरिद प्रक्रियासङ उक्त फोन बार्ताको कुनै सम्बन्ध छैन् । म आफू कानुन ब्यवसायी भएको नाताले जो कसैले कानुनी सल्लाह मागेमा  निजको हितमा  सल्लाह दिनु मेरो पेशागत  धर्म (कर्तव्य)  हो । सो बाहेक उक्त प्रसङ्ग मा मेरो कुनै सरोकार नरहेको हुँदा अडियो सम्बाद पूरा सुनेर यथार्थ कुरा बुझेर  मात्र आफ्नो धारणा बनाउन सबैमा  अनुरोध गर्दछु’। उनले अगाडी लेखेका छन् – ‘एउटा कानुन ब्यवसायीले पेशागत मर्यादा भित्र रहेर गरेको कार्यलाई अतिरन्जित गरी केही ब्यक्तिहरुले राजनितिकरण गर्ने उदेश्यले रास्ट्रीय स्वतन्त्र पार्टी लाई  बिवादमा तान्न खोज्नु पुर्वाग्रह पुर्ण देखिन्छ ।  यथार्थ सत्य तथ्य बुझेर प्रतिक्रिया दिनुहुन र भ्रममा नपर्न सम्पुर्ण सामाजिक संजाल प्रयोग कर्ता साथी हरुमा अनुरोध गर्दछु ।’ सभापति बास्तोलाले भनेका छन्।
तर उक्त अडियोमा स्पष्ट उक्त स्थानमा सरसफाई केन्द्र स्थापना गर्न दिन हुँदैन यसो यसो गरे रोकिन्छ भन्ने सुझब सहितको कानुनी परामर्श दिएका छन्। यसले उनि सङ्काको घेरामा परेको आधारहरुले प्रस्ट्याउँछ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button