प्रहार समाचार । तनहुँ, २२ फागुन २०८१ बिहीवार । तनहुँको भानु नगरपालिका -१ पुलचोकमा हिंजोबाट चौथो डुम्रे महोत्सव २०८१ सुरू भएको छ । महोत्सवको उर्जा तथा जलस्रोत मन्त्री दिपक खड्काले उद्घाटनगर्दै तनहुँ साहित्यिक, संस्कृतिक, धार्मिक, पर्यटकीय हिसाबले पनि महत्वपूर्ण जिल्ला भएकाले यस्ता मेला महोत्सवले सिङ्गो तनहुँको पर्यटन प्रवद्र्धनका साथै आर्थिक चलयमानमा सहयोग पुग्ने बताए । तस्बिरहरु : प्रहार अनलाईन मिडिया

राष्ट्रिय सभाका सदस्य भगवती न्यौपाने, महोत्सवका निर्देशक घनश्याम श्रेष्ठ, गण्डकी प्रदेशका पूर्व मन्त्री एवं गण्डकी प्रदेशका संसद जित प्रकाश आले, भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी, बन्दिपुर गाँउपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा, तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठनाथ मिश्र, गोर्खा उद्योग वाणिज्य संघका अध्यक्ष भगवन बाबु मास्के लगायतका वक्ताहरुले महोत्सवले आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्धनमा योगदान पुग्नेमा जोड दिएका थिए ।

उक्त महोत्सवमा १ सय २५ वटा स्टल रहेका छन् । सो महोत्सवमा ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने छन् भने चार करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ।

महोत्सवले क्षेत्रीय पहिचानलाई अझ सुदृढ गर्दै आर्थिक गतिशिलता बढाउने आयोजकले जनाएको छ।
महोत्सव सफल बनाउनका लागि विभिन्न समिति र उप समितिहरू गठन गरेर अगाडि बढेको बताइएको छ।

साथै महोत्सवको दोसो दिन आज कलाकार श्याम राना मगर, लोक दोहोरी गायिका रिता थापा, अम्बर विरही गुरूङ र स्थानीय कलाकारहरूको प्रस्तुति रहने कलाकार संयोजक सुनिल श्रेष्ठले जनाकारी दिए ।

कार्यक्रम महोत्सवका मुल संयोजक हेमलाल भि के को सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको महोत्सवका प्रवक्ता सुवोध अधिकारीले सहजिकरण गरेका थिए । महोत्सव चैत ३ गतेसम्म संन्चालन हुनेछ।



























