प्रहार समाचार । तनहुँ, १८ फागुन २०८१ आइतवार । तनहुँको व्यास नगरपालिका वडा नं १ भादगाउँमा रहेको जलदेवि माध्यमिक विद्यालयमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

शुभाराम्भ भादगाउँ बालक्लबको आयोजना तथा सामुदायिक सेवा केन्द्र तनहुँको सहआयोजनामा भएको उक्त कार्यक्रममा कक्षा ८ र ९ मा अध्यनरत विद्यार्थीहरुलाई लागु औषध र साइबर अपराध सम्बन्धि जनचेतना कार्यक्रम गरिएको हो ।

यस अघि कार्यक्रममा बोल्दै व्यास १ का वडा अध्यक्ष रमेशचन्द्र हद्खलेले वर्तमानका साझेदार र भविश्यका कर्णधार विद्यार्थीहरु सुनौलो भविष्य निर्माणमा लाग्नु पर्ने बताए । कार्यक्रममा विद्यालय व्यवस्थान समितिका अध्यक्ष होमबहादुर बस्नेत र विद्यालयका प्रधानाध्यापक पिताम्बर सिग्देलले पछिल्लो समयमा लागू औषध र साइबर अपराध दिनप्रतिदिन बढ्दै गएकाले यसको न्यूनीकरणमा विद्यार्थी सचेत भएर अगाडी बढ्नु पर्ने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी निरिक्षक राजु अधिकारीले प्रशिक्षण प्रदान गरेका थिए । ९२ जना विधार्थीहरुको सहभागीता रहेको उक्त कार्यक्रम क्लबका अध्यक्ष सुशील बि.क. को सभापतित्वमा सम्पन भएको थियो।
























