हेडलाईनसमाचारप्रदेश

घाटामा गएको प्राधिकरणलाई उकास्ने घिसिङलाई घटाउन चौतर्फी खेल : सर्वत्र आलोचना

प्रहार समाचार । काठमाडौँ, १९ फागुन २०८१ सोमवार । वार्षिक ८ अर्ब ८९ करोड घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणलाई घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न सफल उनलाई हटाउन चौतफी खेल सुरु भएको छ। जस्को सर्वत्र आलोचना भएको छ।

घिसिङलाई पदबाट हटाउने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रिपरिषद्‌मा लगेका छन् ।

ऊर्जा मन्त्रालय स्रोतका अनुसार आइतबार नै तयार पारिएको प्रस्ताव सोमबारको बैठकमा औपचारिक रुपमा प्रस्तुत गर्ने बताइएको छ।  प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्ताव लगिएको हो ।

ऊर्जामन्त्री खड्काले कार्यकारी निर्देशक घिसिङलाई एकोहोरो रुपमा हटाउन खोजेकामा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले भने आक्रोश व्यक्त गरेका छन् । सरकारको मन्त्री हुँदैमा जे पायो त्यै गर्न नहुने र कुलमानलाई हटाउन नमिल्ने तामाङको भनाइ छ । ‘आज मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेको छ रे भन्ने सुनेको छु ।’ घाटामा गएको प्राधिकरणलाई नाफाको यो स्थितिमा ल्याइपुरउने देश र जनताको पक्षमा काम गर्ने कुलमानलाई हटाउन मिल्छ ?’ मन्त्री गुरुङले प्रतिप्रश्न गरेका छन्।

नेपाल विद्युत प्राधिकरणले एक वर्षमै १४९ प्रतिशत नाफा वृद्धि भएको छ । लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्दि्रत भएको विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ ।

व२०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गरेका थिए । उनी आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर, घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भयो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button