हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकीमनोरञ्जन

शुक्लागण्डकी महोत्सव २०८१ : आज  दुर्गेशले स्टेज तताउने

प्रहार समाचार । तनहुँ,१८ फागुन २०८१ आइतवार । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा  आज गायक दुर्गेश थापाले  प्रस्तुति दिने भएका छन्।

आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अनुसार आज दुर्गेश थापा को प्रस्तुती सोझ रहने  कलाकार व्यवस्थापन समितिका संयोजक सुमन सापकोटाले जानकारी दिए ।  थापाको पछिल्लो गीत ‘दुश्मन हेरेको हेऱ्यै…’ अहिले युवापुस्तामाझ निकै लोकप्रिय छ । युट्युबमा रिलिज भएको दुई महिनामै यो गीतले २ करोड ८३ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ ।

महोत्सवमा  आज दिउँसो लोकदोहोरी गायक रमेशराज भट्टराई, बालचन्द्र बराल, लोकदोहोरी गायीका माया गुरुङ र सृजना थापाको प्रस्तुती रहने छ ।

फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ । साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे संघका महासचिव एवम् प्रवक्ता  सुजन श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा केहिदिन रोकिएको पालिकास्तरीय भलिबल प्रतियोगिता आजबाट शुरु हुने छ । साथै रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता जारी रहेको मुल संयोजक समुन्द्रराम श्रेष्ठले बताए । 
सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ  गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार हुने अनुमान छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button