हेडलाईनसमाचारगण्डकी

अधिकारी वंश प्रतिष्ठान गण्डकी प्रदेशको अध्यक्षमा हिमलाल

• विजय अधिकारी (संवाददाता ) तनहुँ, १८ फागुन २०८१ आइतवार । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान गण्डकी प्रदेशको गण्डकी प्रदेशको अध्यक्षमा स्याङजाका  हिमलाल अधिकारी चयन भएका छन् ।

तनहुँको आबुखैरेनी न.पा.१,सत्रसय फाँट स्थित शान्ती बालबाटिकामा भएको अधिवेशनले स्याङजाका अधिकारीलाई  शुक्रबार अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।


त्यस्तै समितिको प्रदेश उपाध्यक्षमा पर्वतका चिरञ्जीवी अधिकारी, महिला उपाध्यक्षमा तनहुँकी मीना अधिकारी, सचिवमा तनहुँका सन्देश अधिकारी, कोषाध्यक्षमा लमजुङका विश्वप्रसाद अधिकारी र सह-सचिवमा तनहुँका राजेन्द्र अधिकारी निर्वाचित भएका छन् ।  समितिको सदस्यहरूमा क्रमशः लमजुङका मुक्तिनाथअधिकारी, निलकण्ठ अधिकारी, पर्वतका थुमाकुमारी अधिकारी, बाग्लुङका रुद्रबहादुर अधिकारी, तनहुँकी सीताअधिकारी, गोरखाका उत्तम अधिकारी र स्याङ्जाका चिरञ्जीवी अधिकारी चयन भएका छन् ।

गण्डकी प्रदेश समिति १७ सदस्यीय हुनु पर्नेमा मनाङ, मुस्ताङ, कास्की र नवलपुरबाट भाग नलिएको हुँदा ती जिल्लाबाट प्रतिनिधित्व भएमा सदस्य मनोनित गरी पदपूर्ति गरिने निर्वाचन समितिका संयोजक नवराज पहाडीले जानकारी दिए ।

कार्यक्रको  प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीले  उद्दघाटन गर्दै यो संस्था गैरनाफा मूलक संस्था भएको हुँदा स्वयं सेवा गर्ने सोच र व्यवहार गर्न सक्ने व्यक्ति र समाज हुँदै देशकै बिकास हुने बताए ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष रामचन्द्र अधिकारीले विधान, प्रदेश समितिको जिम्मेवारी र कर्तव्यमा अडिग भएर अगाडी बढ्न आग्रह गरे । प्रकाश पार्दै विभिन्न समाजसँग एकीकरणका लागि नौ सदस्यीय समिति बनेको र केन्द्रीय समिति चितवन सार्ने निर्णय पनि हतारमा गरिएको हो कि भन्ने लाग्न थालेको बताए ।

त्यस्तै केन्द्रीय सदस्य नवराज पहाडीले पवित्र भावना लिएर  सबै बन्धुहरु निस्वार्थ भावले अगाडी बढ्न आग्रह गरे । कार्यक्रममा केन्द्रीय सदस्यहरू चन्द्रमणि अधिकारी, हिमलाल अधिकारी र टुकराज अधिकारी चितवनका अध्यक्ष देवीरमण अधिकारी, पदमराज अधिकारी लगायतले आ-आफ्नो धारणा  राखेका थिए।
केन्द्रीय उपाध्यक्ष एवं कार्यक्रमका अध्यक्ष सीताराम अधिकारीको सभापतित्वमा भएको कार्यक्रममाको सहजिकरण जिल्ला सचिव गोविन्दप्रसाद अधिकारीले गरेका थिए ।


कार्यक्रममा ७५ वर्षभन्दा माथिका कश्यप गोत्रीय आग्रज बा-आमाहरूलाई  सम्मान गरिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button