हेडलाईनसमाचारप्रदेश

आजको मौसम : तीन प्रदेशमा बदली रहने

प्रहार समाचार । काठमाडौं, १८ फागुन २०८१ आइतवार । आज नेपालका  पहाडी भागहरुमा   आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज  दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने भने  राती कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।

आगामी २४ घण्टासम्म नेपालमा वर्षा/हिमपात गराउने प्रणाली छैन । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button