व्यासहेडलाईनसमाचारगण्डकी

राष्ट्रिय फोटो पत्रकार समूह तनहुँको अध्यक्षमा गौतम

प्रहार समाचार । तनहुँ ,१७ फागुन २०८१ शनिवार । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल तनहुँ शाखाको अध्यक्षमा विष्णु गौतम निर्वाचित भएका छन् । शाखाको शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट गौतमको अध्यक्षतामा नयॉ कार्यसमिति सर्वसम्बत चयन भएको हो ।

शाखाको उपाध्यक्षमा अस्मिता खनाल, सचिवमा माधव पौडेल, सहसचिवमा सागर गिरी, कोषाध्यक्षमा शिला वाग्ले र सदस्यहरुमा श्रहरि पौडेल र उपेन्द्र खनाल चयन भएका छन् ।

यस्तै सल्लाहकारमा शंकरराज नहर्की, मदन वाग्ले र निवर्तमान अध्यक्ष अमरराज नहर्की र शंकरराज नहर्की चयन भएका छन् ।

यसअघि अधिवेशनको व्यानरको फोटो खिचेर कार्यक्रमको उदघाटन गर्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले फोटो बिना समाचार अधुरो र अपूरो हुने भएकाले फोटो पत्रकारिता सधै विश्वसनीय रहने बताए । फोटो पत्रकारहरु व्यावसायिक हुनुपर्ने बताउँदै वन्तले फोटो पत्रकारका लागि तालिम आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष ओमकार आचार्य, प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका कोषाध्यक्ष मदन तिमिल्सना, रिपोर्टस क्लव गण्डकी प्रदेश अध्यक्ष मदन वाग्ले लगायतले मन्तव्य राखेका थिए ।

सोही अवसरमा फोटो पत्रकारितामा योगदान पुर्याए बापतप्रहार अनलाईन मिडियाका सम्पादक शंकरराज नहर्की, राष्ट्रिय समाचार समिति (रासस) का कृष्ण न्यौपाने, प्रादेशिक खबर दैनिकका मदन वाग्ले लाई सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button