प्रहार समाचार । तनहुँ, फागुन २०८१ शनिवार । प्रहार अनलाईन मिडियाका सम्पादक तनहुँका अग्रज पत्रकार शंकरराज नहर्की सम्मानित भएका छन्।

सम्पादक नहर्कीलाई राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल तनहुँ शाखाले दमौलीमा आज शाखाको दोस्रो अधिवेशनका अवसरमा सम्मान गरेको हो । नहर्कीलाई फोटो पत्रकारिता मार्फत राष्ट्रलाई दिएको अतुलनिय योगदान र संस्थालाई पुऱ्याएको सहयोगको स्वरूप दोसल्ला ओढाई सम्मान पत्र द्वारा राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले सम्मान गरेका हुन्।

त्यस अवसरमा प्रादेशिक खवर दैनिक दमौलीका सम्पादक मदन वाग्ले, खबर पुञ्ज अनलाईनका सम्पादक कृष्ण न्यौपानेलाई पनि सम्मान गरिएको थियो ।
























