प्रहार समाचार । तनहुँ,१७ फागुन २०८१ शनिवार । तनहुँको व्यास नगरपालिकाका स्थापना को तीन दशक बिति सक्दा पनि स्थाई सरसफाई व्यवस्थापन केन्द्र बन्न सकेको छैन् ।
यस्तैमा जग्गा व्यवस्थापन समितिका संयोजक एवं व्यास १३ का वडा अध्यक्ष बसन्तबहादुर आलेको संयोजकत्वमा जग्गा खरिद गरि सरसफाई केन्द्र निर्माण गर्न व्यास १३ को यूगिन कृषि फर्मको जग्गा किन्ने प्रक्रियाको आवश्यक प्रक्रिया पूरा गरि सक्दा पनि व्यास नगरपालिकाका बरिष्ट अलेप अधिकृत कुमार कञ्चन जि सी, प्रमुख प्रशासकिय अधिकृत काशिराम गैह्रे , स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती तथा जग्गा दलालीहरु, एवं वकिल विश्व वास्तोला लगायतले केन्द्र स्थापना गर्न नदिने षड्यन्त्र र लाखौको कमिसनको विषयमा गरिएको कुराकानीको अडियो सार्वजनिक भएको छ। सोहि विषयमा आज नगरपालिकामा जन प्रतिनिधि सहितको पत्रकार सम्मेलन कार्यक्रमा उठेका जिज्ञासाको उत्तर दिंदै जग्गा व्यवस्थापन समितिका संयोजक एवं व्यास १३ का वडा अध्यक्ष बसन्तबहादुर आले ।( भिडियो सहित ) भिडियो प्रहार अनलाईन मिडिया । १७ फागुन २०८१
























