हेडलाईनसमाचारगण्डकीमनोरञ्जन

लमजुङको राइनासकोटमा ‘इन्द्रेणी’ को प्रस्तुती

• विजय अधिकारी  (संवाददाता ) प्रहार समाचार, लमजुङ, १६ फागुन २०८१ शुक्रवार । लमजुङको ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल राइनासकोटमा इन्द्रेणी सास्कृतिक विकास केन्द्रको विशेष साँस्कृतिक कार्यक्रममा दर्शकहरुको बाक्लो उपस्थिति रह्यो ।



कार्यक्रमको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले उद्द्घाटन गर्दै यस्ता कार्यक्रमले राइनासकोट क्षेत्रको पर्यटन प्रबर्धन तथा प्रचार-प्रसारमा टेवा पुग्ने बताउदै मौलिक लोक गीतसंगित, साहित्य, कला, परम्परा संरक्षण र प्रबर्धन गर्न सवै पक्ष एक जुट हुनपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका लमजुङका प्रमुख पुर्णवहादुर गुरुङ , राइनास नगरपालिकाका मेयर खड्गवहादुर गुरुङ, नगरपालिकाका पुर्व मेयर सिहंवहादुर थापा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेल, विभिन्न वडाका वडा अध्यक्षहरु, नगरकार्यपालिका सदस्यहरु, इन्द्रेणीका कलाकार कृष्ण कँडेल, श्रीराम अधिकारी, मनमाया वाइवा, छत्र शाही, कृष्ण बजागाई सहितका कालाकार र वाध्यवाधकहरुको  उपस्थिति रहेको थियो ।

कार्यक्रममा राइनासको पौराणिक, ऐतिहासिक खोज तथा पुनः निर्माण र होमस्टे प्रबर्द्धनमा पुर्याएको योगदानको मुल्यांकन गर्दै राइनासकोट सामुदायिक होमस्टे ब्यबस्थापन समितिले संरक्षकको रुपमा मेयर खड्गवहादुर गुरुङ सहित समाजसेवी कृष्णराज ओलिया, अमेरिकी नागरिक नताशा ओजनियक, परमेश्वर कार्की, बिवेककुमार पण्डित, किरण गिरी लगायत होमस्टे पुन: निमार्ण तथा राइनासकोटमा विभिन्न धार्मिक संरचना निमार्णमा सहयोग गर्ने निकाय, चन्दादाता र कार्यक्रमका अतिथी सहित दुई  सय जनालाई सम्मान गरेको कार्यक्रमका अध्यक्ष बालसिहं गुरुङले प्रहार समाचारलाई जानकारी दिए ।

उनका अनुसार-कार्यक्रममा कलाकारहरुको लोकगित तथा लोकदोहोरी प्रस्तुती सँगै प्याराजुङ बाट बाबा समूहको सोरठी, राम्चेको चुड्का, तिनपिप्लेको भजन समूह र राइनासकै कलाकार प्रशान्त तामाङको प्रस्तुति रहेको थियो ।


कार्यक्रममा राइनास नगरपालिका सहित छिमेकी पालिका तथा छिमेकी जिल्लाका मानिसहरुको बाक्लो सहभागीता रहेको थियो ।


कार्यक्रम राइनासकोट सामुदायिक होमस्टेका अध्यक्ष बालसिहं गुरुङको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण रमेश थापाले गरेका थिए ।
हाल राइनासकोटमा भुकम्प पछि पुनः निमार्ण गरिएको १४ घरमा व्यवसायिक होमस्टे सञ्चालनमा छन् ।राइनास सामुदायिक होमस्टेले राइनासकोटको थप प्रचार-प्रसार तथा पर्यटन प्रवद्र्धनका लागि राइनास नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button