प्रहार समाचार । काठमाडौँ, १७ फागुन २०८१ शनिवार । देशमा अहिले पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ। अहिले बिहानै देखि राजधानी काठमाडौं उपत्यकासहित देशका सातै प्रदेशमा हल्का पानी परेको छ । तस्विर : प्रहार अनलाईल मिडिया ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का पानी परिरहेको तथा तराईं-मधेशबाहेक अरू प्रदेशमा आज दिउँसो पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ ।

आज बेलुका आंशिक रूपमा र भोलिदेखि भने मौसम पूर्णरूपमा सफा हुने महाशाखाले जनाएको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
























