हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

शेर्पा समुदायले मनाए २१५२ औं ग्याल्पो ल्होसार

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । काठमाडौं, १६ फागुन २०८१ शुक्रवार । शेर्पा समुदायले नयाँ वर्षका रूपमामनाउने सांस्कृतिक पर्व २१५२औं ग्याल्पो ल्होसार विभिन्न  कार्यक्रमको आयोजना गरी आज मनाएका छन्।

ग्याल्पो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा  विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदा देखि पूर्णिमा सम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ ।

ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो । अनुसन्धाता टीका शेर्पाले समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको जानकारी दिए । उनका अनुसार यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको बताए ।


विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ल्होसार शेर्पा जातिको बसाइँसराइ सँगै यो पर्व अहिले नेपालका २२ जिल्लामा मनाउने गरिन्छ । पुस १५ मा गुरूङ समुदायले तमु ल्होछार र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउने गर्दछन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button