हेडलाईनसमाचारगण्डकीम्याग्देस्वास्थ्य

कोशिसको सहयोगमा मनो शिक्षा कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ, १३ फागुन २०८१ मंगलवार । कोशिसले  मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्ति हरुलाई आय आर्जनमा टेवा पुऱ्याउने उद्देश्यले तनहुँको म्याम्दे गाउँपालिकामा  मनोसामाजि स्वास्थ्य सम्बन्धि मनोशिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।


 

म्याम्दे गाउँ पालि वडा नंका वडा नं.  ७ का वडा अध्यक्ष वसन्त कुमार  श्रेष्ठको रोहवरमा हिंजो  २० हजार बराबरको ३ वटा बाख्रा मानसिक स्वास्थ्य समस्याको उपचार पछि पूर्नस्थापना गरिएको सेवा ग्राहिलाई प्रदान गरियो ।

यसै विच वडा नं ६ र ७ का सेवा ग्राहिका परिवार र समुदायका व्यक्तिहरुलाई मनोसामाजिक सुस्वास्थ्य वारे ३४ जना व्यक्तिहरुलाई मनोशिक्षा प्रदान गरिएको छ। मनोशिक्षा कार्यक्रम कोशिसका सामाजिक अभियान्ता भगवती वस्ताकोटी र मिनाकुमारी दुराले संयुक्त रूपमा सहजिकरण गरेका थिए ।

मनो शिक्षा कार्यक्रममा सहभागीहरु :

त्यस अवसरमा बोल्दै वडा अध्यक्ष वसन्त कुमार  श्रेष्ठले  समस्यामा परेका व्यक्तिहरुको आवश्यक सहयोग कालागि आफू लागि पर्ने बताए ।

बाख्रा प्रदान गरिंदै :



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button