प्रहार समाचार । तनहुँ, १२ फागुन २०८१ सोमवार । तनहुँको व्यास -१, भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा आयोजना हुने भनिएको ४२औँ राष्ट्रिय जुनियर तथा युवा रेडक्रस गोष्ठी स्थगन गरिएको छ ।

फागुन २२ र २३ गते हुने भनिएको उक्त गोष्ठी स्थगत गरिएको नेपाल रेडक्रस सोसाइटीको जुनियर तथा रेडक्रस विभागले आज एक पत्र मार्फत जनाएको छ। रेडक्रस सोसाइटीमा उत्पन्न असहज परिस्थिति कारण तोकिएको मितिमा गोष्ठी गर्न कठिनाइ भएकाले गोष्ठी स्थगन गरिएको उ विभागको पत्रमा उल्लेख छ।

जुनियर तथा यूवा रेडक्रस विभागका निर्देशक
अशोक कार्कीद्वा हस्ताक्षरित पत्रमा उक्त कुरा उल्लेख छ। हेरै पत्र :

























