हेडलाईनसमाचारगण्डकी

लमजुङमा वन डढेलो रोकथाम नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ ,१३ फागुन २०८१ मङ्गलवार । लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर-११,मा वडा स्तरीय वन डढेलो रोकथाम नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम आज सम्पन्न भएको छ ।


 

बेसीशहर नगरपालिका वडा नम्बर-११ का वडा अध्यक्ष शिवप्रसाद जोशीले जाडो याम सकिए सँगै गर्मी बढीरहेको र हुरी बतास चल्न शुरु भएको यस समयमा सबैले उच्च सतर्कताका साथ  सावधानी अपनाउनु पर्ने बताए ।


सचेतना कार्यक्रममा नेपाली काङ्ग्रेस ११ नम्बर वडाका वडा सभापति रामुराज पन्त, महिला संजाल वडा नम्बर -११ का अध्यक्ष सपना श्रेष्ठ, तिलाहार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टुकराज पन्त, चिती स्याउत टोल सुधार समितिका अध्यक्ष रमेश राज पन्त, युवा ज्योति प्रा.वि.का प्र.अ.रमेश विष्ट लगायतले सामुदायिक वनमा फागुन देखि जेठ सम्म हेरालो  राक्न र होडिङ वोड राख्न वडा अध्यक्ष र वन कार्यालयका प्रमुख सङ्ग अनुरोध गरेका थिए ।


डिभिजन वन कार्यालय लमजुङका प्रमुख वन अधिकृत गोविन्द पौडेलले सके सम्म वनमा आगो लाग्नै नदिन आग्रह गर्दै वन डढेलोको कारण प्रकृति, जिवजन्तु, बनस्पती, जनमानस र वातावरणमा हुने क्षेतीको वारेमा जानकारी दिनुका साथै वनमा डढेलो लाग्न नदिने, वनमा लागेको डढेलो नियन्त्रण कसरी गर्ने, वनमा डढेलो लगाउने व्यक्तिलाई हुन सक्ने कारवाहीको संक्षिप्त जनाकारी गराएका थिए ।


कार्यक्रममा वडा भित्रका विद्यालयका १० वटा विद्यालयका प्र.अ.हरु, महिला संजालका अध्यक्ष, आमा समुहका अध्यक्षहरु, टोल सुधार समितिका अध्यक्षहरु,वनसमितिका अध्यक्षहरु, वडा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको  कार्यक्रमको सहजीकरण वडा सदस्य भरत वस्नेतले गरेका थिए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button