हेडलाईनसमाचारबन्दीपुरगण्डकी

सिद्धान्त गर्जा मगरद्वारा तनहुँको अरुण मा. वि. मा १ लाखको अक्षयकोष स्थापना

प्रहार समाचार । तनहुँ,११ फागुन २०८१ आइतवार । नेपाल मगर संघ केन्द्रिय समिति संयोजक एवं  सेति गंगा आधारभूत विद्यालयका  प्रधानाध्यापक सिद्धान्त गर्जा मगरले तनहुँको बन्दीपुर -६ हुस्लाङमा रहेको अरुण माध्यामिक विद्यालयमा १ लाख रुपैयाकोले अक्षयकोष स्थापना गरेका छन्।


 

गर्जा मगरले आफूले अध्याय गरेको उक्त  विद्यालयको ६५औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अबसरमा आज उक्त रकमको अक्षयकोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक बिशाल गौतमले बताए ।

उक्त विद्यालयमा अध्यायन गर्ने गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई  अक्षयकोषको वार्षिक व्याजबाट प्राप्त हुने रमबाट छात्रवृत्ति प्रदान गरिने अक्षयकोष स्थापना कर्ता सिद्धान्त गर्जा मगरले बताए ।

कार्यक्रममा बन्दिपुर गाउँ पालिकाका   उपाध्यक्ष पञ्च माया गुरुङ, वडा नम्बर ६ का अध्यक्ष बल बहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष मनोज थापा लगायतले अक्षय कोष स्थापना गर्ने गर्जा मगरलाई धन्यवाद दिएका थिए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button