हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

नेपाल विद्यार्थी संघ तनहुँको प्रवक्तामा आले मगर चयन

प्रहार समाचार । तनहुँ, ११ फागुन २०८१ आइतवार । नेपाल विद्यार्थी सङ्घ तनहुँको प्रवक्तामा रिमबहादुर आले मगर  चयन भएका छन् ।

नेपाल विद्यार्थी सङ्घ तनहुँका अध्यक्ष आशिष कैनीले आज नेपाल विद्यार्थी सङ्घको विधान २०२७ (सातौं संशोधन २०७५) अनुसार नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्य समितिको प्रवक्तामा आले मगरलाई चयन गरेका हुन् ।

अध्यक्ष कैनीले प्रवक्तामा चयन भएका आले मगरले नेपाल विद्यार्थी सङ्घको विधि, विधान र मर्यादाभित्र रहेर सङ्घको मूल्य, मान्यता र आदर्शलाई उच्च राखी संस्थालाई गतिशील बनाउने गरी प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको जनाएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button