• ध्रुव राज घिमिरे (सम्बाददाता) प्रहार समाचार, तनहुँ,११ फागुन २०८१ आइतबार । तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नं – ७ का जेष्ठ नागरिक तथा अपाङ्गहरुलाई न्यानो कपडा बितरण गरिएको छ।

वडा नं.- ७ को आयोजनामा सामाजिक बिकाश तथा सेवा कार्यक्रम अन्तर्गत आज उनिहरुलाई न्यानो कोट तथा बितरण गरिएको बताइएको छ।

न्यानो कपडा बितरण गर्दै वडा नं.- ७ का अध्यक्ष खड्ग सिंह थापा मगरले जेष्ठ नागरिक समाजका पथ प्रदर्शक भएकाले उनिहरुको सेवा गर्नु सबैको कर्तव्य भएको बताए ।

त्यस अवसरमा सम्पूर्ण टोल अध्यक्षहरुलाई महत्वपूर्ण कागजात राख्न मिल्ने झोला समेत गरि १ लाख १० हजार रकम बराबरको सामाग्रीहरु बितरण गरिएको वडा सचिव देवेन्द्र खत्रीले बताए । कार्यक्रममा वडा समितीका सदस्य लगायत स्थानिय समाजसेवीहरुको सहभागीता रहेको थियो । न्यानो कपडा र झोला पाएका जेष्ठ नागरिक तथा टोल अध्यक्षहरुले वडा कार्यालयलाई धन्यवाद दिएका थिए ।
























