हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : तीन प्रदेशमा वर्षा को सम्भावना 

प्रहार समाचार । काठमाडौँ, १२ फागुन २०८१ सोमवार ।  हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव कायमै रहेका कारण आज कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखा का अनुसार आज पहाडी भेगका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । आ दिउँसो कोशीसहित बागमती र गण्डकी प्रदेशका खाडी भेगका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button