हेडलाईनसमाचारगण्डकीऋषिङस्वास्थ्य

झुल बहादुर आले स्मृति प्रतिष्ठानको आयोजनामा  निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

प्रहार समाचार । तनहुँ,९ फागुन २०८१ शुक्रवार । तनहुँको रिसिङ गाउँपालिका वडा नं ७ मा रहेको झुलबहादुर आले स्मृति प्रतिष्ठानको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ।

लोकतन्त्रका पहरेदार, प्रजातन्त्र सेनानी, नेपाली कांग्रेसका पूर्व सांसद स्वर्गीय झुलबहादुर आलेको स्मृतिमा स्थापित ‘झुलबहादुर आले स्मृति प्रतिष्ठान’;को आयोजनामा  एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा ऋषिङ गाउँपालिका भित्र रहेका असहाय वृद्धवृद्धा तथा विभिन्न रोगले समस्याग्रत  बिरामीहरुलाई मध्यनजर गर्दै गाउँ घरमा नै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त शिविर आयोजना गरिएको  प्रतिष्ठानका अध्यक्ष कमल थापाले जानकारी दिए।

थापाका अनुसार उक्त शिविरमा ३४ जना पुरुष र ५७ जना महिला गरी ९१ जना वृद्धवृद्धा, असहायहरुले पेट, छाती लगायतका अन्य रोगहरुको परीक्षण गरि आवश्यक परामश सहित निःशुल्क औषधि वितरण गरिएको थियो ।


उक्त शिविरमा मेडिकल डक्टर विवेक खत्री, दमौली अस्पतालका हेल्थ असिस्टेन्ट उत्तर रायमाझी र स्टाफ नर्स  उषा थापाले बिरामीहरूको स्वास्थ्य उपचारमा सहजीकरण गरेका थिए ।

शिविरमा आउने जाने बिरामीहरूको सहजताका लागि तनहुँ जलविद्युत आयोजनाले एउटा सवारी साधन निःशुल्क समेत उपलब्ध गराएको थियो। यस अघि प्रतिष्ठानले विपन्न वृद्ध वृद्धाहरुलाई लक्क्षितगरि न्यानो सिरक , डसना तथा ब्ल्याङ्केट कपडा समेत वितरण गरेको थियो ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button