हेडलाईनसमाचारगण्डकीम्याग्देस्वास्थ्य

सामुदायिक सेवा केन्द्रद्वारा महेन्द्र माध्यमिक बिद्यालयमा जनचेतना कार्यक्रम सम्पन्न

• सुशिल वि क (संवाददाता ) प्रहार समाचार । तनहुँ, ९ फागुन २०८१ शुक्रवार । तनहुँको म्याग्दे गाउँपालिका वडा नं १ गुडादीमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा लागु औषध  सम्बन्धि जनचेतना मूलक कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै  म्याग्दे गाउँपालिकाका  अध्यक्ष प्रसाद श्रेष्ठले पछिल्लो समय लागू औषध प्रयोग गर्नेहरुको संङ्ख्या दिन प्रतिदिन बढ्दै जानथालेको प्रति चिन्ता व्यक्त गर्दै विद्यालय तहमा पाठ्यक्रमकै रूपमा प्रत्येक विद्यार्थीहरुमा शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिए ।

विद्यालयमा अध्यायनरत ७, ८,९ र १० कक्षाका विद्यार्थीहरुलाई  लागु औषध  सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रमको प्रशिक्षक जिल्ला प्रहरी  कार्यलय तनहुँका प्रहरी  निरिक्षक राजु अधिकारीले गरेका थिए । । उक्त कार्यक्रममा ११५ जना विधार्थीहरुको सहभागीता रहेको विद्यालयले जनाएको छ।

कार्यक्रम जिल्ला प्रहरी कार्यलय तनहुँको  आयोजना तथा  सामुदायिक सेवा केन्द्र तनहुँ र सामुदायिक सेवा केन्द्र म्याग्दे एकाईको सहआयोजनामासो कार्यक्रम सम्पन भएको हो । कार्यक्रम सामुदायिक सेवा  केन्द्र म्याग्दे एकाईका  अध्यक्ष जगन्नाथ पण्डितको सभापतित्व सम्पन भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button