प्रहार समाचार । तनहुँ, ९ फागुन २०८१ शुक्रवार । नेपाल कम्युनिस्ट पार्टी तनहुँ जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का आशा कोईराला, केन्द्रीय वैकल्पिक सदस्य ओमराज आले मगर (मदन) र तनहुँ जिल्ला संयोजक सूर्यबहादुर गौली (पारस) प्रति नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र व्यासनगर समितिले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

समितिको आज बसेको बैठकले आश कोईराला लाई केन्द्रीय सदस्य सहित तनहुँ जिल्ला इन्चर्ज, ओम राज आले ( मदन ) लाई केन्द्रीय वैकल्पिक सदस्य एवं सूर्य बहादुर गौली (पारस) लाई तनहुँ जिल्ला संयोजकमा चयन गरिएकोमा बधाई सहित शुभकामना व्यक्त गरेको हो ।
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्दीय अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) को अध्यक्षतामा गत माघ २१ गते बसेको केन्द्रीय समितिको बैठकले उक्त जिम्मेवारी तोकेको थियो ।
व्यास नगर समितिका अध्यक्ष गोपाल सुर्खाली र सचिव हर्क बहादुर थापा मगरद्वारा हस्ताक्षित एक पत्रमा बधाई तथा शुभकामना व्यक्त गरिएको जनाइएको छ। हेरौं बधाई तथा शुभकामना पत्र :

























