• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, ९ फागुन २०८१ शुक्रवार । लमजुङ बेसीशहर नगरपालिका वडा नम्बर-७ को क्याम्पस रोडमा रहेको तीन तले घरको छत बाट खसेर एक बालकको निधन भएको छ ।

निधन हुनेमा बेसीशहर नगरपालिका – ७,क्याम्पस रोड बस्ने यासिन मियाका ४ बर्षीय छोरा हमदान मिया रहेका छन् । छतबाट खसेका हमदान मियाको उपचारको क्रममा फागुन ८ गते निधन भएको हो ।
विद्यालयबाट घरआई घरको छतमा खेलिरेहका बालक बिहिबार अपराह्न करिब ४ बजे एकाएक तीन तलामाथिको छतबाट क्याम्पस रोडको पिच सडकमा खसेर गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागी लमजुङ सदरमुकाम स्थित प्रदेश अस्पताल बेसीशहर लगिएको थियो ।
गम्भिर घाइते रहेका बालकको तत्काल लमजुङ अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागी चितवन मेडिकल कलेजमा रिफर गरिएको थियो । सो अस्पतालमा पुर्याएकाको १ घण्टा पछी बालको निधन भएको अस्पतालका चिकित्सकले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । न्युइरा आमावि बेसीशहरमा नर्सरीमा पढ्दै गरेका उनि परिवारका एक मात्र सन्तान थिए । उनका बाबा यासिन मिया बैदेशिक रोजगारीको क्रममा विदेश रहेका छन् भने उनी आमा अप्सा मिया र हजुरआमा सङ्ग बस्दै आएका थिए ।
























