प्रहार समाचार । तनहुँ, ८ फागुन २०८१ बिहीवार । तनहुँ जिल्लाको व्यास नगरपालिका–६ स्थित शिशाघाटमा आयुर्वेद औषधालयको उद्घाटन गरिएको छ। नवनिर्मित भवनको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै अहिले आयूर्वेद पद्धतिबाट उपचार गर्नेहरुको संङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेकाले यसको सेवा विस्तार गर्नु पर्नेमा जोड दिए ।

शिशाघाट आयुर्वेद औषधालय संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष जीवन गुरुङले आयुर्वेद प्रणाली विश्वकै पुरानो पद्धती भएकाले यस प्रति जन विश्वास बढ्दै गएकाले आयुर्वेद औषधालयले धेरै भन्दा धेरै जनतालाई सेवा प्रदान गर्ने विश्वास लिए । उनले औषधालय उद्घाटन पछि सोहि भवनबाट सेवा सुचार गरिएको जानकारी दिए ।

उक्त स्थानमा आयुर्वेदिक विधिबाट उपचार सेवा सुरु भएपछि तनहुँ, लमजुङ र कास्कीका केही क्षेत्रका बासिन्दाले सेवा लिन सक्ने उनले बताए । उक्त औषधालय संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको १ करोड ४१ लाख ३८ हजार ९८ रुपैयाको लागतमा भवन निर्माण सम्पन्न भएको थियो ।
























