प्रहार समाचार । काठमाडौ, ७ फागुन २०८१ बुधवार । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा नेपाल विद्यार्थी संघ पद्मकन्या बहुमुखी क्याम्पस इकाइले आज क्याम्पस हाता भित्र नेपालको राष्ट्रिय झण्डा फहराउने तथा दिप प्रज्ज्वलको कार्यक्रम आयोजना गऱ्यो ।

स्ववियु सचिव भुपी ऐरले कलेजको गेटमाथी नेपालको नयाँ राष्ट्रिय झण्डा राखेर तथा क्याम्पस हाता भित्र दिप प्रज्वलन गरेर सहिद प्रति सम्मान व्यक्त गरेको एकाइ सचिव अस्मिता विश्वकर्माले बताइन् ।

‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता’ भन्ने मुख्य नाराका साथ नेविसंघ केन्द्रले गरेको परिपत्र अनुसार एकाइले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै स्ववियु सचिव भुपी ऐरले नेपालमा १ सय ४ वर्षीय जहानिया शासनको अन्त्य भई जनताले प्रजातन्त्र प्राप्त गरेको दिनको सम्झनामा तथा नेपाली जनताले प्रजातान्त्रिक राज्यको आभास प्राप्त गरेको दिनका रूपमा आजको दिन सदा स्मरणीय रहने बताइन् ।

कार्यक्रममा नेविसंघ एकाइ अध्यक्ष चन्द्रकला तामाङ, सचिव ममता पुजारा, कोषाध्यक्ष चेतना नहर्की, सह- सचिव आकृती पाण्डे, सह- कोषाध्यक्ष उर्वशी पाण्डे लगायत नेविसंघ सदस्यहरुको सहभागीता रहेको कार्यक्रमको सहजिकरण सचिव अस्मिता विश्वकर्माले गरेकी थिइन्।
























