हेडलाईनव्याससमाचारगण्डकी

निर्मल आल्मुनाई एसोसिएसन को अध्यक्षमा कोइराला

सुशिल वि क (संवाददाता) प्रहार समाचार । तनहुँ, ७ फागुन २०८१ बुधवार । तनहुँको व्यास नगरपालिका वडा नं – १ भादगाउँमा रहेको निर्मल माध्यमिक विद्यालयमा गठित निर्मल आल्मुनाई एसोसिएसनको अध्यक्षमा पूर्व विद्यार्थी नारायण प्रसाद कोइराला निर्वाचित भएका छन् ।

एसोसिएसनको बुधवार सम्पन्न  तेस्रो अधिवेशनले २०४४ साल व्याचका विद्यार्थी कोइरालालाई सर्व सम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

एसोसिएसनको  उपाध्यक्षमा द्धय गिरि माया मिश्र र बिष्णु प्रसाद श्रेष्ठ चयन भएका छन् । एसोसिएसनको सचिवम  वीर बहादुर बस्नेत, कोषाध्यक्षमा दिपेन्द्र सापकोटा र सदस्यहरुमा बिष्णु प्रसाद पाण्डे, मानसिंह  दरै, बिमला भट्टराई, सन्जय गुरुङ्ग, किस्मत श्रेष्ठ र सुशील बि.क. रहेका छन्।

यस अघि उक्त कार्यक्रममा बोल्दै व्यास -१ का  वडा अध्यक्ष रमेश चन्द्र हड्खलेले निर्मल मा वि का बिद्यार्थीहरुले  राष्ट्रको विभिन्न तह र तप्कामा पुगेर स्मरणीय र उदाहरणीय काम गरेको चर्चा गर्दै आफूले शिक्षा आरम्भ गरेको विद्यालयको शैक्षिक र भौतिक उन्नतीमा लाग्नु पर्ने बताए ।

कार्यक्रममा विद्यालयका  प्रधानाध्यापक गणेश चन्द्र बस्तेन, शिक्षक महेन्द्र न्यौपाने, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागीक रहेको थियो । डा. शेषरमण न्यौपानेको सभापतित्वमा सम्पन्न  भएको कार्यक्रमको सहिकरण हरि खनालले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button