हेडलाईनसमाचारगण्डकीऋषिङस्वास्थ्य

तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं.-४, भीरकोटमा चार दिने  वृहत् निःशुल्क स्वास्थ्य शिविर

प्रहार समाचार । तनहुँ, ७ फागुन २०८१ बुधवार । तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं.-  ४, भीरकोट स्थित भीरकोट स्वास्थ्य चौकीमा चार दिने  वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ।

वि.पी नेत्र प्रतिष्ठान लोकन्थली, भक्तपुरको सहकार्यमा यहि फागुन ५ गते देखी ८ गते सम्म उक्त वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको पालिकाले जनाएको छ। त्यस अवसरमा नसर्ने रोगको खोजपड्ताल कार्यक्रम पनि सञ्चालन गरिएको छ।

शिविरमा चार  दिनसम्म वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सरिता मानन्धरको नेतृत्वमा प्रतिष्ठान्का चार जना डाक्टर लगायत १३ जनाको मेडिकल टिमलाई ऋषिङ्ग गाउँपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिले सहजीकरण गरेका पालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले बताए । उनले गाउँघरमा नै जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै नागरिकको सेवामा पालिका लागि परेको बताए ।

आज सम्ममा  नाक, कान, घाँटी र आँखा सम्बन्धी ८ सय ३४ जनाले ओ पि डि सेवा लिएका बताइएको छ । जस मध्ये ९७ जनाको मोतिविन्दु लगायत आँखा सम्बन्धी विविध रोगको शल्यक्रिया गरिएको थियो ।

पालिकाले सबै विरामीलाई स्वास्थ्यमा पहुँच कायम गराउन ४ वटा यातायातको साधनको व्यवस्था गरी बिरामीको आवतजावतलाई सहज बनाएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल अंगाईले बताए ।
निःशुल्क स्वास्थ्य शिविरबाट धेरै ऋषिङ्ग वासीहरुको समय र पैसाको समेत बचत भएको पालिकाले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button