• सुशील बि क (संवाददाता) प्रहार समाचार । तनहुँ, ७ फागुन २०८१ । तनहुँको व्यास नगरपालिका वडा नं १ भादगाउँमा रहेको निर्मल मा वि का शिक्षक वीरेन्द्र राज काफ्लेले विद्यालयमा छात्रवृत्ति वितरण गरेका छन्।

काफ्लेले कक्षा ७ मा अध्ययनरत छात्रा अक्सा पन्थ र सबिना नेपालीलाई आफ्नो छोरीले माध्यमिक शिक्षा परीक्षा एस इ इ मा द्वितीय स्थान प्राप्त गरेको खुशीमा स्व.गिरिधारी छात्रवृत्तिको रकममा आफ्नो तर्फबाट रकम थप गरेर उनिहरुलाई छात्रवृत्ति वितरण गरेका हुन्।
छात्रवृत्तिले आर्थिक अवस्था कमजोर तथा जेहनदार विद्यार्थीलाई अध्यायनलाई सहजीकरणहुने काफ्लेले बताए।
























