प्रहार समाचार । तनहुँ, ७ फागुन २०८१ बुधवार । राष्ट्रिय प्रजानन्त्र दिवसको अवसरमा सन्देश दिंदै पूर्व राजा ज्ञानेन्द्र शाहले आफू राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागीरहने प्रतिबद्धता जनाएका छन् ।

शाहले नागरिकले भनेको कुरा सुनेर त्यसलाई मनन गरेर राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधी र व्यवहार झल्काउनुपर्ने बताएका छन् । उनले प्रजातन्त्र पूजनीय भए पनि यसको पूजा शब्दले मात्र गरेर नपुग्ने भन्दै कर्म कर्तब्य, त्याग र उदारताले तथा निष्ठाको राजनीतिले एवम् सही प्रकारको आचरणले मात्र हुने दाबी गरे । यस्तो रहेको पूर्व राजा शाहको सन्देश:

























