प्रहार समाचार । तनहुँ,७ फागुन २०८१ बुधवार । तनहुँको बन्दीपुर केबलकारको लोअर स्टेसनमा महाशिवरात्रिको अवसरमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

महाशिवरात्रि कार्यक्रम आयोजक समितिको आयोजनामा हुने उक्त कार्यक्रमको सहजीकरण बन्दीपुर हिल अन्तर्गत सञ्चालनमा रहेको बन्दीपुर केबलकारले गर्ने भएको हो ।
फागुन १४ गते, बुधवार बन्दीपुर केबलकारको लोअर स्टेसनमा हुने यस कार्यक्रम बिहान ९ बजेबाट राति ९ बजे सम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।
कार्यक्रममा सन्ध्या शिव आरती, शिवजीको विराट रूपको दर्शन, महाशिवरात्रि धुनी तथा शिव सङ्कीर्तनको विशेष आयोजन गरिनेछ। यस पवित्र अवसरलाई भव्य बनाउन विभिन्न तयारी गरिरहेको हुँदा धार्मिक आस्था राख्ने सम्पूर्ण भक्तजनलाई यस अवसरमा उपस्थित भई पुण्य कमाउन समेत महाशिवरात्रि कार्यक्र मुल आयोजक समितिले आग्रह गरेको छ।
























