हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

दरै समाज तनहुँद्वारा  भाषा, संस्कार, संस्कृती तथा  भेषभुषा संरक्षाण सम्बन्धि गोष्ठी सुरु

प्रहार समाचार । तनहुँ, ५ फागुन २०८१ । दरै समाज तनहुँद्वारा भाषा, संस्कार, संस्कृती तथा  भेषभुषा संरक्षाण सम्बन्धि तीन  दिने गोष्ठी हिंजोबाट सुरु भएको छ।

व्यास १, भादगाउँमा रहेको दरै भवनको सभा हलमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले पछिल्लो समय आदिवासी जनजातिहरुको भाषा, संस्कार, संस्कृति र  भेषभूषामा विचलन आएको चर्चा गर्दै हरेक जात जातिको भाषा, संस्कार, संस्कृति तथा भेषभूषाको संरक्षण हुनु पर्नेमा जोड दिए । यसका लागि व्यास  नगरपालिकाले सहयोग गरेको नगर प्रमुख न्यौपानेले बताए ।

कार्यक्रममा नेपाल दरै उत्थान समाजका  केन्द्रिय अध्यक्ष मंगलराम दरै, व्यास नगर प्रज्ञा प्रतिष्ठानका उप-कुलपति  काशीनाथ न्यौपाने, दरै समाज तनहुँका वरिष्ठ उपाध्यक्ष चिज बहादुर दरै, गण्डकी प्रदेशका अध्यक्ष बसन्त दरै, आदिवासी जनजाति महासघ तनहुँका अध्यक्ष सुजित हिराचन, पुर्व केन्द्रिय  अध्यक्ष तम बहादुर दरै, पुर्व केन्द्रिय सचिव दीर्घ बहादुर दरै, केन्द्रिय सचिव याम बहादुर दरै लगायतको सहभागीता रहेको थियो ।

यस्तै कार्यक्रममा केन्द्रिय सदस्यहरु, दरै समाजका पदाधिकारीहरु एव सदस्य तथा  सल्लाहकारहरु, विभिन्न गाउँ इकाईका अध्यक्षहरुको उपस्थिति रहेको थियो । हिंजोबाट सुरु भएको उक्त कार्यक्रम भोली सम्म सञ्चालन हुने दरै समाज तनहुँका अध्यक्ष ठाकुर बहादुर दरैले जानकारी दिए ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button