• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । तनहुँ, ५ फागुन २०८१ सोमवार । नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको अध्यक्षमा दिलिप राना मगर सर्वसम्मत चयन भएका छन् । नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश समितिको तेस्रो अधिवेशनले अध्यक्षमा दिलिप राना मगरलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

तनहुँको दमौलीमा भएको भएको नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश समितिको तेस्रो अधिवेशनले राना मगरको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

उक्त समितिको वरिष्ठ उपाध्यक्षमा प्रेम बुढा मगर, महिला उपाध्यक्षमा अस्मिता थापा मगर, १२ भाषिक उपाध्यक्षमा अर्जुन सोती मगर, १८ मगरात भाषिक उपाध्यक्षमा मोहन बुढा मगर, सचिवमा बिजय थापा मगर, सहसचिवमा समिक्षा थापा मगर र कोषाध्यक्षमा कृष्ण १८ रे मगर सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यहरुमा गीता बुढाथोकी मगर, बल बहादुर रोका मगर,चन्द्र बहादुर रोका मगर र साजन गर्जा मगर चयन भएका छन् । अरु बाँकी सदस्य समितिको पहिलो बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष दिलिप राना मगरले बताए ।