प्रहार समाचार । तनहुँ, ५ फागुन २०८१ सोमवार । तनहुँको बन्दिपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले सोही वडामा कार्यरत वडा सचिव नविन भुसालमाथि कुटपिट गरी घाइते बनाएपछि उनी पक्राउ परेका हुन् ।

बन्दीपुर गाउँपालिकाले लिखित रुपमा कानुनी कारबाहीका लागि परिपत्र गरेपछि कारवाहीका लागि पक्राउ गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।
भलिबल प्रतियोगिताको बिल सचिवले पास नगरेको भन्दै वडाअध्यक्षले आक्रमण गरेकाे बताइन्छ । वडाध्यक्ष गुरूङको प्रहारबाट घाइते वडा सचिव भुसालको अनुहार र घाँटीको भागमा चोट लागेको छ । घाँटी सुन्निएकाले बन्दीपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर अस्पतालमा लगेर उपचार भइरहेको पालिकाले जनाएको छ।


























