हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : धेरै स्थानमा हिमपातको सम्भावना

प्रहार समाचार । काठमाडौँ, ६ फागुन २०८१ मङ्गलवार । अहिले नेपालमा  पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आज देश भरको मौसम सामान्यतय बदली रहने छ। 

सुदूरपश्चिम र  कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

उता आज तराईका भू–भागका केही स्थानमा विहानै देखि  हुस्सु/कुहिरो लागेको विभागले जनाएको छ ।आज उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button