प्रहार समाचार । लमजुङ,५ फागुन २०८१ सोमवार । नेपाल शिक्षक संघ बेसीशहर नगर समितिले शिक्षकहरुलाई सम्मान गरेको छ।

नगर समितिको ७औं नगर प्रतिनिधि सभाका अवसरमा शनिवार २०८०/०८१ मा अवकाश प्राप्त शिक्षक, विभिन्न तहमा बढुवा भएका शिक्षक र नयाँ नियुक्ति लिएका र शिक्षक संघमा आबद्ध ३५ जना शिक्षकहरुलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघ संघिय कार्य समिति सदस्य विष्णुमाया भण्डारीले शिक्षकहरुको हकहितको लागि शिक्षक संघको संङघिय समितिले शिक्षकहरुको मागको सम्बोधन गर्न अब आउने विभिन्न तहमा रहेका शिक्षकको समस्या पूरा गर्ने गरि सङ्घिय शिक्षा ऐन आउने बताइन् ।

कार्यक्रममा नेपाल शिक्षक संघ गण्डकी प्रदेशका महासचिव शिवराज अधिकारी, नेपाल शिक्षक संघ लमजुङ जिल्ला अध्यक्ष सुर्य बहादुर के.सी., जिल्ला उपाध्यक्ष सीता बराल, बेसीशहर नगर समितिका सस्थापक अध्यक्ष ई.दिपेन्द्र रावल, जिल्ला सहसचिव भारत घिमिरे, प्रदेश प्रतिनिधि क्रमशः दिपक खनीया, रमेश अधिकारी, प्रताप राज चिलुवाल, सुन्दर बजार नगरसमितिका उपाध्यक्ष भुवन न्यौपाने, वडा नम्बर-९,का संयोजक महादेव अधिकारी लगायतले शिक्षक हरु पेशागत हक हित संङ्गै विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धिमा समेत लाग्नु पर्नेमा जोड दिएका थिए ।

नेपाल शिक्षक संघ बेसीशहर नगर समितिका अध्यक्ष एकदेव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नगर कार्य समितिका उपाध्यक्ष श्रीभद्र अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण नगर समितिका सचिव विजय अधिकारी “वैरागी” ले गरेका थिए ।
