हेडलाईनसमाचारसबै प्रदेशस्वास्थ्य

देशको राजधानीको बिजोग : विश्वकै प्रदूषणमा चौथो नम्बरमा काठमाडौँ

प्रहार समाचार । काठमाडौँ, ५ फागुन २०८१ सोमवार । देशको राजधानी काठमाडौँको प्रदूषण दिन प्रतिदिन बढ्दै जान थालेको छ। वायु प्रदूषण घटाउन न त सरकारले कुनै नीतिगत योजना ल्याएको छ, न त स्थानीय निकायले नै कुनै दीर्घकालीन योजना नै ल्याएका छन्।

विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार आज  बिहान ७ बजेसम्म काठमाडौँको वायु प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ । यो मापनमा विश्वकै चौथो वायु प्रदूषित सहरको सूचिमा पर्छ काठमाडौँ ।

भारतको दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर को सूचिमा छ। दिल्लीको  २ सय १ एक्यूआई मापन गरिएको छ। त्यस्तै बंगलादेशको राजधानी ढाका दोस्रो नम्बरमा छ भने पाकिस्तानको लाहोर तेस्रो नम्बरमा प्रदूषणको सूचिमा परेको छ ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button