हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँमा ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ विविध कार्यक्रमका साथ मनाइने

प्रहार समाचार । तनहुँ, ४ फागुन २०८१ आइतवार । ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ विविध कार्यक्रमका साथ तनहुँमा मनाइने भएको छ । 

प्रजातन्त्र दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेको संयोजकत्वम राजनीतिक दल,  नागरिक समाज, सम्पूर्ण  कार्यालय प्रमुख, पालिकाका प्रमुख तथा उपप्रमुख,  सुरक्षा निकाय, पत्रकार, उद्योग वाणिज्य संघ / उद्योगि , व्यापारी , समाजसेवी, वडा अध्यक्ष लगायत रहने गरि मूल समारोह समिति गठत गरि प्रजातन्त्र दिवस उत्साहका साथ मनाउने निर्णय गरिएको छ ।

कार्यक्रममा व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने , प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा , जिसस उपप्रमुख बासुदेव थापा, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक बिरेन्द्र बहादुर शाही, शसत्र प्रहरी बल नं २३ मनकामना गणका सहायक प्रहरी उपरीक्षक अशोक कुमार लम्साल, विभिन्न पालिका प्रमुख तथा उपप्रमुख, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कार्यालय प्रमुखहरु,  पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

बैठकले ६ गते बिहान व्यास नगर सरसकाई, ७ गते बिहान प्रभात फेरि, माल्यार्पण सहित झण्डोत्तलन, बिहान  स्वास्थ्य कार्यालय र दमौली अस्पतालको संयोजनमा निशुल्क स्वास्थ्य परिक्षणको कार्यक्रम गरिने भएको छ। यस्तै ७ गते नै सम्पूर्ण कार्यालयहरू तथा घर घरमा  दीपावली गरिने निर्णय भएको जिल्ला समन्वय अधिकारी प्रकाश राज पौडेलले जानकारी दिए । यस्तै  ८ गते नेपाल रेडक्रस सोसाइटि तनहुँको संयोजनमा रक्तदान कार्यक्रम सञ्चालन गरिने भएको छ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button