हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिकाखेलकुद

१६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१’ को उपाधि शुक्ला गण्डकी न पा को हातमा

प्रहार समाचार । तनहुँ, ४ फागुन २०८१ आइतवार । ‘तनहुँ  जिल्ला स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१’  को उपाधि शुक्ला गण्डकी नगरपालिकाको हातमा परेको छ। जित सङ्गै शुक्ला गण्डकीले ८ स्वर्ण  ६ कास्य  र ४ रजत पदक सहित शिल्ड हात गर्न सफल भएको हो।

प्रतियोगितामा व्यास नगरपालिका द्वितीय भए सङ्गै ८ स्वर्ण ५ रजत र ७ कास्य पदक जित्न सफल भयो । त्यस्तै प्रतियोगितामा बन्दीपुर गाउँपालिकाले ३ स्वर्ण  र २ रजत पदक प्राप्त गरि तृतीय हुन सफल भयो ।

‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ भन्ने मूल नाराका साथ तनहुँको  सदरमुकाम दमौलीमा हिंजोबाट सुरु भएको प्रतियोगिता आज समापन भएको हो ।

आज भएको पुरुष  भलिबल प्रतियोगिताको  फाइनल खेलमा  शुक्ला गण्डकी नगर पालिकाले  व्यास नपालाई १५ – १२ को सेटमा जित हाँसिल गर्न सफल भयो । दोस्रो व्यास र तेस्रो ऋषिङ गाउँ पालिका हुन पुगेका थिए ।

भलिवलमा ९ पालिकाहरुको सहभागीता रहेको थियो ।
आजै भएको छात्रा तर्फको भलिवल प्रतियोगितामा देवघाट देवघाट गाउँपालिका प्रथम, घिरिङ गाउँ पालिका दोस्रो र भानु नपा तेस्रो भए ।

महिला  हाइजम्प प्रतियोगिता ऋषिङ गाउँ पालिकाकी अनिता राना भाट प्रथम भइन ।   शुक्ला न पा की  शुस्मिता परियार द्धितिय र घिरिङ गा पा की  मिनु परियार र म्याम्दे गा पा की  तिलिसरा थापा तृतिय हुन सफल भइन्।

छात्रा कबड्डी तर्फ व्यास नगरपालिका प्रथम ,
म्याम्दे गाउँ पालिका द्वितीय र भानु नगरपालिका तृतिय भए । यथलेटिक्स तर्फ  शुक्ला गण्डकी नगर पालिका प्रथम , व्यास नपा द्धितीय र बन्दीपुर गा पा तृतिय भए । हाइजम्प छात्र तर्फ शुक्ला गण्डकी न पा प्रथम र द्वितीय र देवघाट गाउँ पालिका तृतीय भएका थिए ।  विजयी खेलाडीहरुलाई व्यास नगर पालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरे ।

कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुनिल पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button