हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिकाखेलकुद

जिल्ला स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१ सुरु

प्रहार समाचार । तनहुँ, ४ फागुन २०८१ आइतवार । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ भन्ने मूल नाराका साथ तनहुँको सदरमुकाम दमौलीमा जिल्ला स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१ ह सुरु भएको छ।

हिंजो सम्पन्न  कराँते प्रतियोगितामा
कालिका माध्यामिक विद्यालय देबघाट – ५,
नेपाल सितोरियो सोबुकाका खेलाडिहरु प्रथम भएका छन् ।  काता तर्फ मनिसा गुरुङ प्रथम, कुमुते तर्फ ४५ के जी तौल समुहमा बिसना गुरुङ प्रथम, कुमुते ४५ के जी समूहमा दिलिप गुरुङ प्रथम भए ।

त्यस्तै ५५ के जी तौल समूहमा समीर गुरुङले रजत पदक पाए भने ६० केजि तौल समूहमा पृथ्वी क्षेत्रीले  कास्य पद पाए ।

५७ के जी तौल समूहमा मनिषा गुरुङले कास्य पदक प्राप्त गर्न सफल भएकी  तनहुँ  जिल्ला नेपाल सितोरियो सोबुकान कराँतेका अध्यक्ष एवं प्रशिक्षक  सुरेन्द्र गौतमले जानकारी दिए ।

विजय खेलाडीहरूलाई तनहुँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे लगायतले पुरस्कार वितरण गरेका थिए ।

आज सम्म चल्ने उक्त प्रतियोगितामा यथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेकान्डो उसु लगायतका खेलहरु हुँदैछन् ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button