हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतको रेलवे स्टेशनमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु , २५ जना बढी घाइते

प्रहार समाचार । भारत,४ फागुन २०८१ आइतवार । भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा व्यवस्थापनको लापरबाहीका कारण भागदौड मच्चिँदा १८ जनाको मृत्यु भएको छ भने २५ बढी घाइते भएका छन्। मृत्यू हुनेमा तीन जना बालबालिका पनि रहेका छन्।

भारतीय संज्या माध्यमका अनुसार शनिवार राति  रेलवे स्टेशनमा एका एक भागदौड मच्चिएको थियो । प्रयागराज जान हजारौं यात्रुले रेल कुरिरहेका बेला उक्त भागदौड भएको हो । 

डीसीपी (रेलवे) केपीएस मल्होत्राले प्लेटफर्म नम्बर १२, १३ र १४ मा अस्वाभाविक भीड भएको बताउँदै स्थिति नियन्त्रणबाहिर गएको जानकारी दिए। दुर्घटना प्लेटफर्म नम्बर १३ र १४ मा भएको हो, जहाँ प्रयागराज जाने रेलहरू ढिलो भएका कारण हजारौँ यात्रु जम्मा भएका थिए।

रेलमन्त्री अश्विनी वैष्णवले घटनापछि उच्चस्तरीय छानबिनको आदेश दिएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button