हेडलाईनसमाचारगण्डकी

पोखरा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा अर्थमन्त्री  पौडेल र पोखराका प्रमुख आचार्य घाइते

प्रहार समाचार । कास्की, ३ फागुन २०८१ शनिवार । कास्कीको पोखरामा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका प्रमुख धनराज आचार्य घाइते भएका छन् ।
समारोह उद्‌घाटनको क्रममा प्रमुख अतिथि रहेका अर्थमन्त्री पौडेलले स्विच थिचेर बत्ती बाल्ने क्रममा बेलुनमा बत्तीको झिल्कोले बलेपछि दुवै जना घाइते भएका हुन् ।

उनको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।यस्तै अर्थमन्त्री पौडेलको कोटमा आगोको झिल्का लागेको थियो । उनलाई उपचारका लागि गण्डकी अस्पताल लगिएको छ । 

गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि उनी आजै काठमाडौं फर्कने अर्थ मन्त्रालयले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button