प्रहार समाचार । तनहुँ, ३ फागुन २०८१ शनिवार । नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग मार्फत जारी तनहुँमा आएका परिचयपत्र वितरणमा तनहुँका दश पालिकाहरुले ढिलाई गरेका छन्।

स्थानीय सरकार आइसकेपछि जिल्ला प्रशासन कार्यालयमा भिड नहोस् भनेर प्रशासन कार्यालयमा आएका राष्ट्रिय परिचयपत्र प्रशासन कार्यालयले सम्बन्धित पालिकाहरूमा पठाएको थियो। तर पालिकाहरुले राष्ट्रिय परिचयपत्र वितरण गर्ने काममा ढिला सुस्ती गरेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए । ‘पालिकाहरुले राष्ट्रिय परिचयपत्र वितरणमा ढिलासुस्ती गर्न थालेपछि हामीले परिपत्र गरेर छिटो वितरण गर्न भनेका छौं ।’प्रजीअ थापाले भने।

जिल्लाको आबुखैरेनी गाउँपालिकामा २ हजार ९ सय १४, देवघाट गाउँपालिकामा २ हजा ८९, बन्दीपुर गाउँपालिकामा ४ हजार ६ सय ४ , म्याग्दे गाउँपालिकामा ५ हजार २ सय ६३, व्यास नगरपालिकामा १४ हजार ९ सय ७०, भानु नगरपालिकामा ७ हजर २ सय ११, शुक्ला गण्डकी नगरपालिकामा ६ हजार ३ सय १४, भिमाद नगरपालिकामा ५ हजार ८ सय ९२, घिरिङ गाउँपालिकामा ३ हजार ६ सय ९३ र ऋषिङ गाउँ पालिकामा ६ हजार ४ सय ७८ थान राष्ट्रिय परिचयपत्र वितरणका लागि पठाइएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।

हालसम्म तनहुँको घिरिङ गाउँपालिकाले ४ सय ६८, ऋषिङ गाउँपालिकाले १ हजार १८, व्यास नगरपालिकाले ८ सय ६२, भिमाद नगरपालिकाले ६ सय १४, बन्दीपुर गाउँपालिकाले १ सय ५०, आँबुखैरेनी गाउँपालिकाले ४ सय ३२, शुक्ला गण्डकी नगरपालिकाले १ हजार २ सय ३०, भानु नगरपालिकाले ८ सय ५६, देवघाट गाउँपालिकाले ३ सय र म्याग्दे गाउँपालिकाले ४ सय ९४ थान मात्र राष्ट्रिय परिचय पत्र वितरण गरेका छन् ।
नेपालको राष्ट्रिय परिचयपत्रसरकारद्वारा प्रदान गरिने बायोमेट्रिक आधारिज डिजिटल परिचयपत्र हो। यसमा बायोमेट्रिक जानकारी व्यक्तिको औंठाछाप , आँखाको नानी र फोटो राखिन कार्डमा पिच हुन्छ, जसले व्यक्तिगत विवरण सुरक्षित राख्छ। नागरिकको नाम, ठेगाना, जन्म मिति, लैंगिकता, नागरिकता नम्बर आदि समावेश हुन्छ। यो नागरिकताको डिजिटल रूप हो, जसले बैंकिङ, सरकारी सेवा, सामाजिक सुरक्षा भत्ता, पासपोर्ट आवेदन आदि कार्यमा सहजिकरण गर्छ।


























